झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह बालेनले आफ्नो अग्रतालाई फराकिलो पार्दै लगेका छन्।
दिउँसो १ बजेसम्मको विवरणअनुसार शाहले ५ हजार २५४ मत प्राप्त गरेका छन्।
उनलाई निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ हजार २४८ मतका साथ पछ्याउँदै छन्।
यस क्षेत्रमा सुरुवातदेखि नै बालेनले अग्रता लिइरहेका छन्।
अन्य दलका उम्मेदवार भने निकै पछाडि छन्।
नेपाली कांग्रेसका उम्मेदवारले १८५ मत प्राप्त गर्दा नेकपाका उम्मेदवारले १२९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले १११ मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
741
Shares

प्रतिक्रिया