कोशी


मोरङ ६ का उम्मेदवार शेखर कोइरालाले सार्वजनिक गरे अठोटपत्र: यस्ता छन् प्रमुख ८ बुँदा

मोरङ ६ का उम्मेदवार शेखर कोइरालाले सार्वजनिक गरे अठोटपत्र: यस्ता छन् प्रमुख ८ बुँदा

नेपालखबर
फागुन १२, २०८२ मंगलबार १०:३६, काठमाडौँ

मोरङ निर्वाचन क्षेत्र नम्बर ६ का उम्मेदवार नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मंगलबार अठोटपत्र सार्वजनिक गरेका छन्।

त्यसमा उनले प्रमुख ८ बुँदामा आफ्ना प्रतिबद्धता उल्लेख गरेका छन्। 

जुन यस्ता छन्:

१️. बलियो लोकतन्त्र र संविधानको पूर्ण कार्यान्वयन लोकतन्त्र भावनाले मात्र टिक्दैन, संस्थाले टिक्छ।

* संविधान संसोधन र पूर्ण कार्यान्वयनका लागि संसदमा सक्रिय भूमिका

* संघीयता सुदृढीकरण र अधिकारको स्पष्ट कार्यान्वयन

* नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र विधिको शासनको रक्षा

* सार्वजनिक संस्थाहरूको राजनीतिक दुरुपयोग रोक्ने पहल

* नीति निर्माणमा नागरिक सहभागिता प्रणाली

* सबै जातजातिको आस्था, धर्म, कला, संस्कृति र परम्पराको संरक्षण

सन्देश: ‘लोकतन्त्र सुरक्षित भए मात्रै विकास दिगो हुन्छ।’

२️. औद्योगिक पुनर्जागरण र रोजगारी सिर्जना मोरङ ६ : उद्योगको ऐतिहासिक आधार।

* बन्द/कमजोर उद्योग पुनः सञ्चालन नीति

* साना तथा मझौला उद्योग (एसएमई) लाई कर सहुलियत

* विराटनगर विमानस्थल लाई क्षेत्रीय विमानस्थलमा स्तरोन्नति

* गुद्री बजारलाई पीपीई मोडलमा विकास गर्ने

* उद्योग-शिक्षा सहकार्य (इन्टर्नसिप-जब पाइपलाइन)

* स्थानीय युवालाई रोजगार प्राथमिकता नीति

* विराटनगरलाई विशेष आर्थीक क्षेत्र (एसईजेड) का रूपमा विकास गर्ने

* उत्पादनमुखी लगानी आकर्षण

* स्थानीय हाट बजारलाई वैज्ञानिकीकरण गर्ने

सन्देश: ‘रोजगारीका लागि विदेश होइन, आफ्नै क्षेत्र’

३️. बाढी-डुबान समाधान र सुरक्षित पूर्वाधार हर वर्षको पीडा → स्थायी समाधान।

* बुढीखोला, केशलिया, सिंघिया र गछियालगायत नदीहरूको दीर्घकालीन गुरुयोजना

* तटबन्ध निर्माण

* वैज्ञानिक ड्रेनेज र ढल निकास प्रणाली

* वर्षा पानी व्यवस्थापन 

* गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको पूर्णता

* विपत्‌का लागि पूर्वसूचना प्रणाली विस्तार

सन्देश: बाढी नियन्त्रण : जीवन र सम्पत्तिको सुरक्षा

४️. जलवायुमैत्री कृषि र किसान संरक्षण किसानलाई सहानुभूति होइन, प्रणाली चाहिन्छ।

* जलवायु अनुकूल बिउ र प्रविधि

* ड्रिप/स्प्रिंकलर सिँचाइ प्रवर्द्धन

* मल, बिउ, बजार सुनिश्चितता

* कृषि उत्पादन → प्रशोधन उद्योग जोड्ने नीति

* कृषि बिमा विस्तार

* बाँझो जमिन उपयोग कार्यक्रम

* जैविक खेती प्रोत्साहन

सन्देश: किसानको पसिना : अर्थतन्त्रको मेरुदण्ड

५️. शिक्षा सुधार र सिप-आधारित अवसर डिग्री मात्र होइन।

* डिजिटल कक्षा र स्मार्ट शिक्षण

* प्राविधिक/व्यावसायिक शिक्षा विस्तार

* सिप-रोजगारी समन्वय कार्यक्रम

* उच्च शिक्षा नपाएकाका लागि सिपमूलक कार्यक्रम

* सरकारी विद्यालयको स्तरोन्नति

* छात्रवृत्ति र समावेशी शिक्षा

* मदरसा/गुरुकुल स्तरोन्नति

सन्देश: सिप भएको युवा बेरोजगार हुँदैन

६️. स्वास्थ्यमा सहज पहुँच र भरोसा स्वास्थ्य सेवा : आधारभूत अधिकार।

* सरकारी अस्पतालको स्तरोन्नति

* सहुलियतमा उपचार व्यवस्थापन

* प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण

* स्वास्थ्य बिमा व्यवस्थित कार्यान्वयन

* मातृ-शिशु स्वास्थ्य कार्यक्रम

* नियमित निःशुल्क स्वास्थ्य शिविर

सन्देश: स्वास्थ्यमा पहुँच : सम्मानित जीवन

७️. प्रविधि, डिजिटल सेवा र युवा सशक्तीकरण भविष्य डिजिटल छ - तयारी आजै।

* स्थानीय आईटी हब स्थापना

* स्टार्टअप कोष र सहुलियत ऋण

* कोडिङ, एआई, डिजिटल सिप तालिम

* डिजिटल रोजगारी सिर्जना

सन्देश: डिजिटल नेपाल स्थानीय तहबाट

८️. सुशासन, पारदर्शिता र सामाजिक सुरक्षा विकास भ्रष्टाचारमा डुब्यो भने जनता डुब्छन्।

* भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता

* डिजिटल सार्वजनिक सेवा प्रणाली

* जनगुनासो दर्ता/समाधान कक्ष

* सहकारी सुधार र बचत सुरक्षा

* महिला उद्यमशीलता कार्यक्रम

* युवा उद्यमशीलता कोष

* ज्येष्ठ नागरिक/अपाङ्गता सेवा विस्तार

सन्देश: सुशासनबिना समृद्धि सम्भव छैन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad