कोशी


सरकारले अध्यादेश ल्याउनु गलत : कोइराला

सरकारले अध्यादेश ल्याउनु गलत : कोइराला

फाइल तस्बिर


नेपालखबर
माघ ९, २०८१ बुधबार १२:५४, विराटनगर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने विषयमा सत्यता नभएको बताएका छन्। गठबन्धन सरकारले सात बुँदे सम्झौता अनुरूप काम गर्नुपर्नेमा जोड दिए।  

नेपाल प्रेस युनियन मोरङले बुधबार बिहान कोइराला निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले भने,  'संविधान संशोधन, सुशासन र आर्थिक विकासको कुरालाई सरकारले गम्भीरतापूर्वक लिएर सरकारले काम गर्नुपर्ने हो। ६ महिनाको यो अवधि काममा धेरै त होइन। तर जसरी अघि बढ्नुपर्ने थियो, त्यसरी बढ्न सकेको छैन।’

संविधान संशोधन ०८७ पछि हुने प्रधानमन्त्रीको अभिव्यक्तिबारे उनले दुई दलबीचको छलफलले मात्र संविधान संशोधनको विषय नसकिने र संशोधनको विषयलाई जनतामाझ लैजानुपर्नेमा जोड दिए।

लोकतान्त्रिक व्यवस्थामा देश संयन्त्रले चलाउन खोजिनु गलत हुने डा. कोइरालाको भनाई छ। देश सरकारले चलाउनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई संयन्त्रबाट चलाउन खोजिरहेको बताए।

सरकारले ल्याएको अध्यादेशको विषयमा समेत नेता कोइरालाले असन्तुष्टि व्यक्त गरे।  ‘माघ १८ गते संसद् बोलाएको छ। अध्यादेश पनि केही समय पर्खेर संसद् खोलेर ल्याउँदा हुने थियो,’ उनले भने, ‘६ महिनामा केही भएर सात/ दस दिनमा के पल्टिहाल्छ? पहिले संसद् बोलाएको भए हुन्थ्यो नि।’ नेता कोइरालाले अध्यादेशबाट मुलुक चलाउनुलाई निरंकुशताको एक चरण भन्दै  त्यसमा चिन्ता व्यक्त गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad