कोशी


प्रदेश १ प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूको शपथ पुस ११ गते

प्रदेश १ प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूको शपथ पुस ११ गते

नेपालखबर
पुस ६, २०७९ बुधबार १३:५९, विराटनगर

प्रदेश १ प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहण पुस ११ गते सोमबार हुने भएको छ।

प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीका अनुसार शपथग्रहणका लागि उपस्थित हुन सबै सांसदहरूलाई अनुरोध गरिएको छ। शपथग्रहण प्रदेशसभा सचिवालय प्रदेश १ विराटनगरमा दिउँसो साढे १ बजे हुने सचिवालयले जनाएको छ।

संविधानको धारा १७९ बमोजिम प्रदेशसभा सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि शपथ खानुपर्ने व्यवस्था छ। 

संविधानको धारा १८२ को उपधारा ५, प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ र प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को दफा १९ बमोजिम ज्येष्ठ सदस्य गयानन्द मण्डलले प्रदेशसभाको अध्यक्षता गर्नेछन्। 

मण्डलले पनि सोही दिन साढे १२ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ खाने कार्यक्रम छ। त्यसपछि मण्डलले प्रदेशसभाका अन्य सदस्यलाई शपथ खुवाउनेछन्। 

निर्वाचन आयोगले आइतबार समानुपातिक निर्वाचनबाट प्रदेशसभा सदस्यमा निर्वाचितहरूलाई प्रमाणपत्र दिएको छ। आयोगले प्रमाणपत्र दिएसँगै प्रदेश नम्बर १ प्रदेश सभामा सबै ९३ सांसद निर्वाचित भइसकेका छन्। 

प्रदेश प्रमुखले प्रदेशसभामा प्रतिनिधित्व गर्ने ९३ सांसदमध्ये ज्येष्ठ सदस्यलाई शपथ खुवाएपछि ज्येष्ठ सदस्यले अन्यलाई शपथ खुवाउने संवैधानिक व्यवस्था छ। प्रदेश १ मा प्रत्यक्ष ५६ र समानुपातिक ३७ जना सांसद चुनिएका छन्। तीमध्ये ज्येष्ठ सदस्य नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ५९१० मा निर्वाचित गयानन्द मण्डल ज्येष्ठ सदस्य हुन्।

प्रदेशसभा सचिवालयका सचिव पराजुलीले मण्डलले नै शपथ खुवाउने तयारी भएको जानकारी दिए। निर्वाचन आयोगमा उम्मेदवारहरूले बुझाएको विवरणअनुसार मण्डल ७९ वर्षका हुन्। सभामुख छनोट नभएसम्म ज्येष्ठ सदस्यको अध्यक्षतामा प्रदेशसभाको बैठक पनि बस्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad