कोशी


कोसीमा प्रदेश राजस्व कार्यालय स्थापना

कोसीमा प्रदेश राजस्व कार्यालय स्थापना

नेपालखबर
भदौ २, २०८२ सोमबार १३:२९, विराटनगर

कोसी सरकारले प्रदेश राजस्व कार्यालय स्थापना गरिएको छ।

सोमबार सुनसरीको इटहरीमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले प्रदेश राजस्व कार्यालयको उद्घाटन गरे।

मन्त्री रानाले प्रदेशले अपेक्षाअनुसार राजस्व संकलन गर्न नसकेको परिस्थितिमा यो कार्यालयले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

‘जनतालाई करको बोझ नहुने गरी राजस्व वृद्धि गर्ने लक्ष्य लिइएको छ। कुन-कुन क्षेत्रबाट राजस्व उठाउन सकिएको छैन भन्ने पहिचान गरेर कार्यालयले सहजीकरण गर्नेछ’, मन्त्री रानाले भने। 

गत आर्थिक वर्षमा कोसी प्रदेश सरकारले ४ अर्ब ९८ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएमामा करिब ९८ प्रतिशत सफलता हासिल गरेको थियो।

चालु आर्थिक वर्ष प्रदेश सरकारले ५ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन  गर्ने लक्ष्य लिएको छ।

उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य रमेश बस्नेत, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीलगायतले राजस्व संकलनलाई पारदर्शी र परिणाममुखी बनाउन नयाँ कार्यालयले योगदान गर्ने अपेक्षा व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad