नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेसलाई आगामी दिनमा थप शक्तिशाली र लोकप्रिय पार्टी बनाउन सबै नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन्।
विराटनगरमा आयोजित चुनावी समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनमा हुने हारबाट निराश नभई विगतका निर्वाचन परिणामहरूलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताए।
विसं २०४८ सालदेखिका निर्वाचन उतारचढावलाई स्मरण गर्दै उनले कांग्रेसलाई बलियो बनाउने एक मात्र सर्त एकताबद्ध र इमानदारिता रहेको उल्लेख गरे।
पार्टीभित्रको आन्तरिक एकताले नै आगामी स्थानीय, प्रदेशको निर्वाचनमा कांग्रेसलाई पहिलो शक्ति बनाउन सक्ने उनको तर्क थियो। नेता कार्कीले नेपाली जनताले अझै पनि कांग्रेस र यसका युवा नेतृत्वप्रति ठूलो भरोसा राखेको चर्चा गर्दै गगन थापाजस्ता नेताहरूबाट मुलुकले विकासको अपेक्षा गरेको बताए।
उनले पार्टीलाई सर्वस्वीकार्य र संगठित बनाउन नेतृत्वले विशेष जिम्मेवारी बोध गर्नुपर्नेमा जोड दिँदै कांग्रेसको ऐतिहासिक योगदानलाई जनताले कहिल्यै नबिर्सने विश्वास व्यक्त गरे।
यस्तै, उनले पार्टीको गौरवशाली इतिहासलाई नयाँ पुस्तासम्म पुर्याउनु आजको आवश्यकता रहेको बताए।
Shares

प्रतिक्रिया