राजनीति


अब धुलो टकटक्याएर अघि बढ्नुपर्छ: माधव नेपाल

अब धुलो टकटक्याएर अघि बढ्नुपर्छ: माधव नेपाल

नेपालखबर
बैशाख ९, २०८३ बुधबार १५:५, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले धुलो टकटक्याएर अघि बढ्नुपर्ने बताएका छन्। 

नेकपा स्थापना दिवसको अवसरमा बुधबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वडा तहबाटै धुलो टकटक्याएर अघि बढ्नुपर्ने बताएका हुन्। ‘हामी वडाबाट तल झरेपछि धुलो टकटक्याएर अघि बढ्न सक्नुपर्छ। त्यसपछि हामी नयाँ-नयाँ सफलता हासिल गर्न सक्छौँ,’ नेपालले भने। 

उनले एउटा हारजितमै आत्तिन नहुने बताए। बरु जितका लागि नयाँ शिराबाट अघि बढ्नुपर्ने उनको भनाइ थियो। 

‘पराजय हुनेबित्तिकै, हार हुनेबित्तिकै आत्तिनेले जित हासिल गर्न सक्दैन,’ नेपालले थपे, ‘जितका निम्ति नयाँ शिराबाट अघि बढ्नुपर्नेछ।’

उनले कम्युनिस्ट पार्टीको यात्राको समीक्षा गर्नुपर्ने बताए। अहिलेसम्म कम्युनिस्ट पार्टीले थुप्रै उकाली ओराली गरेको उनको भनाइ थियो। 

‘कम्युनिस्ट पार्टी कसरी उकालो ओरालो हुँदै बाटो अघि बढेको छ। यो सबैको समीक्षा गर्नुपर्ने आवश्यकता छ,’ नेपालले भने, ‘हामीले देखेका छौँ, जीवन पनि त्यस्तै हो। सामाजिक जीवन पनि त्यस्तै हो। राजनीतिक जीवन पनि त्यस्तै हो। उकालो र ओरालो आउँछ। यसलाई हामीले आत्मसाथ गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad