कोशी


बीपी प्रतिष्ठान र राष्ट्रिय आविष्कार केन्द्रबीच स्वास्थ्य उपकरण मर्मत गर्ने सम्झौता

बीपी प्रतिष्ठान र राष्ट्रिय आविष्कार केन्द्रबीच स्वास्थ्य उपकरण मर्मत गर्ने सम्झौता

नेपालखबर
बैशाख ४, २०८३ शुक्रबार १७:३८, ​विराटनगर

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र काठमाडौँस्थित राष्ट्रिय आविष्कार केन्द्रबीच स्वास्थ्य सेवालाई थप सुदृढ बनाउने उद्देश्यले द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ।

प्रतिष्ठानको स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानमा गुणात्मक सुधार ल्याउने दीर्घकालीन नीति अनुरूप यो सम्झौता भएको हो।

काठमाडौँमा आयोजित एक विशेष समारोहकाबीच प्रतिष्ठानका तर्फबाट अस्पताल निर्देशक डा जगत नारायण प्रसाद र आविष्कार केन्द्रका तर्फबाट महाप्रबन्धक सञ्जय भाज्यूले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

​समझदारी अनुसार अब राष्ट्रिय आविष्कार केन्द्रले प्रतिष्ठानमा प्रयोग हुने सम्पूर्ण बायोमेडिकल उपकरणहरूको सुपरिवेक्षण तथा मर्मत सम्भारको जिम्मेवारी सम्हाल्नेछ। जसमा दैनिक आधारभूत मर्मतदेखि मेकानिकल र इलेक्ट्रोनिक पार्टपुर्जाहरू, केबल, सेन्सर तथा पावर सप्लाईको मर्मत वा प्रतिस्थापन जस्ता कार्यहरू समावेश छन्।

यसअघि उपकरणहरू बिग्रँदा बाह्य विशेषज्ञहरू कुर्नुपर्ने र त्यसका कारण सेवा प्रवाहमा हुने ढिलाइलाई यो सहकार्यले पूर्ण रूपमा अन्त्य गर्ने विश्वास लिइएको प्रतिष्ठानका प्रवक्ता प्राडा शमशेर श्रेष्ठले जानकारी दिए।

उपकरणहरूको नियमित मर्मत र चुस्त व्यवस्थापन सुनिश्चित भएपछि सेवाग्राहीहरूले बिना कुनै रोकावट थप परिष्कृत र स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने प्रतिष्ठानले जनाएको छ। उक्त हस्ताक्षर कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रा।डा। बिक्रम प्रसाद श्रेष्ठ र आविष्कार केन्द्रका उमेश जङ्ग राईले साक्षीका रूपमा हस्ताक्षर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad