कोशी


सडक बनाउँदै गर्दा ढुंगाले लागेर मजदुरको मृत्यु

सडक बनाउँदै गर्दा ढुंगाले लागेर मजदुरको मृत्यु

नेपालखबर
चैत १८, २०८२ बुधबार ५:१०, संखुवासभा

सङ्खुवासभाको सभापोखरी गाउँपालिका-६ तामिङमा ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु भएको छ।

सभापोखरी-६ तामिङस्थित काफल बोटेका ६१ वर्षीय मठाबहादुर तामाङको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए।

मंगलबार दिउँसो १२ः३० बजे सडक निर्माणका क्रममा मजदुर तामाङको मृत्यु भएको हो।

सडक निर्माण गर्न क्रममा माथिबाट खसेको ढङ्गाले लागेर मजदुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनालगत्तै प्रहरी निरीक्षक मेघराज अर्यालको कमान्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियोे।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटना सदरमुकामदेखि ४० किलोमिटर दूरीमा पर्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad