कारोबार


अस्ट्रेलियन डलरको मूल्य बढ्यो, युरो र पाउन्डको घट्यो

अस्ट्रेलियन डलरको मूल्य बढ्यो, युरो र पाउन्डको घट्यो

नेपालखबर
चैत १८, २०८२ बुधबार ५:१२, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलरको विनिमयदर हालसम्मकै उच्चमा स्थिर रहँदा अन्य विदेशी मुद्राको मूल्य भने घटबढ् भएको छ।

आजा अस्ट्रेलियन डलर, बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, युरो, पाउन्ड, कुवेती दिनारसहित केही मुद्राको भाउ भने घटेको राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो। 

त्यसैगरि आज युरो १ को खरिददर १७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३८ पैसा छ। हिजो युरो १ को खरिददर १७४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७३ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ०६ पैसा र बिक्रीदर २००रुपैयाँ ८५ पैसा छ। हिजो  पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ५२ पैसा र बिक्रीदर २०१ रुपैयाँ ३२ पैसा  थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ १० पैसा र बिक्रीदर १०५ रुपैयाँ ५१ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०४ रुपैयाँ २८ पैसा थियो। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ३२ पैसा छ। हिजो पनि कुवेती दिनारको विनिमयदर यही थियो। 

आज बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ७० पैसा र बिक्रीदर ४०३ रुपैयाँ २९ पैसा छ। हिजो  बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ११ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ७० पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad