प्रतिनिधि सभा निर्वाचन अन्तर्गत धनकुटाको प्रारम्भिक मत परिणाम अनुसार एमालेका राजेन्द्र राई झिनो मतले अगाडि छन्।
साँगुरीगढी गाउँपालिका वडा नं १ र २ को मतगणना सकिँदा राईले ५१४ मत प्राप्त गर्दै झिनो अग्रता कायम राखेका हुन्।
उनलाई श्रम संस्कृति पार्टीका सानबहादुर राईले कडा चुनौती दिइरहेका छन्। सानबहादुरले ५१० मत प्राप्त गरेका छन्। जसले गर्दा प्रमुख दुई प्रतिस्पर्धीबिचको अन्तर मात्र ४ मतको देखिएको छ।
त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार दिनेश राई १८८ मतका साथ तेस्रो स्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले २३ मत प्राप्त गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टीका धर्मराज पौडेलले भने हालसम्म ९ मत मात्र पाएका छन्।
102
Shares

प्रतिक्रिया