विराटनगरबाट कटारीतर्फ जाँदै गरेको एउटा पिकअप गाडीबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगद बरामद गरेको छ।
गए राति करिब १२ः३५ बजेको समयमा मोरङको कटहरी क्षेत्रमा गरिएको विशेष चेकजाँचका क्रममा उक्त रकम फेला परेको हो।
प्रहरीका अनुसार प्रदेश १–०२–०३ च ६६० नम्बरको टाटा योद्धा पिकअप गाडीलाई रोकेर खानतलासी गर्दा २४ वर्षीय विशाल टुडुको साथबाट ४ लाख ६२ हजार ५ सय रुपैयाँ नगद बरामद गरिएको हो।
पक्राउ परेका टुडुले उक्त रकम च्याउ बिक्री गरेर संकलन भएको दाबी गरे तापनि प्रहरीले त्यसको आधिकारिक स्रोत पुष्टि नभएको कारण अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले जानकारी दिए।
मध्यरातमा शंकास्पद रूपमा रकम ओसारपसार गरिएको फेला परेपछि प्रहरीले नगदसहित गाडी र संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
स्रोत पूर्ण रूपमा भेरिफाई नभएसम्म रकम र व्यक्तिलाई नछाडिने प्रहरीले स्पष्ट पारेको छ। बरामद गरिएको रकम मतदातालाई प्रभावितका लागि वितरण गर्न लगेको हुनसक्ने प्रहरी अनुमान छ।
Shares

प्रतिक्रिया