कोशी


झापामा ‘सिरिन्ज’ले घोपेर हत्या

झापामा ‘सिरिन्ज’ले घोपेर हत्या

नेपालखबर
माघ २३, २०८२ शुक्रबार ९:२२, बिर्तामोड

झापाको भद्रपुर नगरपालिका-१० सत्रविघेमा सिरिन्ज आक्रमणबाट मानिसको मृत्यु भएको छ।

झापा जिल्ला प्रहरी कार्यालयका अनुसार अज्ञात व्यक्तिहरूले सिरिन्जले घोप्दा स्थानीय खेम ढकालको मृत्यु भएको हो।

बिहीबार साँझ छिमेकीको घरबाट आफ्नो निवासतर्फ फर्किंदै गर्दा ढकाललाई अज्ञात व्यक्तिहरूले सिरिन्जले हानेका हुन्। 

आक्रमणबाट गम्भीर घाइते भएका उनलाई अस्पताल लाँदै गर्दा मृत्यु भएको हो।

आक्रमणमा संलग्न आशंकामा सिराहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

सिरिन्जमा प्रयोग गरिएको पदार्थबारे जानकारी भइनसकको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad