सिन्धुलीको सुनकोसीमा गाडी दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारी अनुसार बिहीबार साँझ ६ बजेतिर सुनकोसी गाउँपालिका ५ खहरेस्थित भित्री सडकमा म.प्र.०३-००१ च ८५०० सिङ्गलक्याप बोलेरो दुर्घटनामा परेको हो।
सुनकोसी ५ खहरेस्थित अमारेबाट कुलपुजाका यात्रु लिएर गाँउखर्कतर्फ जाँदै गरेको बोलेरो दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
बोलेरो सुनकोशी ५ बस्ने २५ वर्षीय मनोज नेपालीले चलाएका थिए। यात्रुले खचाखच भएको बोलेरो अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक वसन्त बहादुर भुजेलले जानकारी दिए।
दुर्घटनाको खबरपछि राति नै खुर्कोटबाट भुजेलको कमाण्डमा १० जना र प्रहरी चौकी रातामाटबाट प्रहरी सहायक निरीक्षक टेम प्रसाद तिमल्सिनाको कमाण्डमा ४ जनाको टोली पुगेर घाइतेको उद्धार गरेको थियो।
घाइतेमध्ये १५ जनाको आत्मीय अस्पताल खाल्टेमा उपचार भइरहेको छ। घाइतेमध्ये बढी चोट लागेका चार जनालाई धुलिखेल अस्पताल रिफर गरिएको छ। दुई घाइतेलाई अन्यत्र रिफर गरिएको प्रहरीले जनाएको छ।
घाइतेहरू
१. चालक -जिल्ला सिन्धुली सुनकोसी गा.पा. ६ बस्ने बर्ष २५ को मनोज नेपाली निधारमा चोट। धुलिखेल रिफर।
३. ऐ.ऐ. बस्ने बर्ष ३६ को ससी नेपाली टाउकोमा चोट सामान्य।
४. ऐ.ऐ. बस्ने बर्ष १७ को देब नेपाली खुट्टामा चोट सामन्य।
५. ऐ.ऐ. बस्ने बर्ष २२ को सरोज नेपाली टाउकोमा चोट सामन्य।
६. ऐ.ऐ. बस्ने बर्ष ३५को रामकृष्ण स्यवा बाँया हातमा चोट मध्यम।
७. ऐ.ऐ बस्ने बर्ष ४६ को कृतीमान नेपाली दाँया खुट्टा अनुहारमा चोट मध्यम।
८. ऐ.ऐ बस्ने वर्ष ४८ को गजेन्द्र नेपाली अवस्था सामान्य।
९. ऐ.ऐ.बस्ने वर्ष ४३ को गोपाल नेपाली टाउको ढाडमा चोट अवस्था मध्यम।
१०. जि.काठमाण्डौ काठमाण्डौ म.न.पा.१४ बस्ने वर्ष ६८ को धन बहादुर नेपली सामान्य।
११. ऐ.ऐ.सुकोशी ६ बस्ने वर्ष १३ को कमल नेपाली सामान्य।
१२. ऐ.ऐ बस्ने वर्ष १३ को संदिप नेपाली सामान्य।
१३. ऐ.ऐ बस्ने वर्ष १३ को मनिष नेपाली ढाडमा चोट सामान्य।
१४. ऐ.ऐ बस्ने वर्ष १६ को निश्चल नेपाली बायाँ खुट्टा र तिख्रामा चोट मध्यम।
१५. ऐ.ऐ बस्ने वर्ष १३ को सविन नेपाली सामान्य।
१६. जिल्ला धादिङ नेत्रा वति गा.पा.१ बस्ने वर्ष ६१ को चन्द्र बहादुर नेपाली सामान्य।
१७. जि.सिन्धुली कमलामाई न.पा ३ बस्ने वर्ष ६४ को चन्द्र ब.देवकोटा सामान्य।
१८. ऐ.सुनकोशी गा.पा.६ बस्ने वर्ष ६४ को मसिने दमाई सामान्य।
१९. ऐ.सुनकोशी गा.पा.५ बस्ने वर्ष ४० को बलराम नेपाली सामान्य।
२०. ऐ.ऐ. बस्ने बर्ष ५२ कृष्ण बहादुर नेपाली टाउको,छातिमा चोट। धुलिखेल रिफर।
२१. ऐ.ऐ.बस्ने बर्ष ४९ को दुर्ग बहादुर नेपाली टाउको,घुडामा चोट। धुलिखेल रिफर।
Shares

प्रतिक्रिया