कोशी


भारतबाट वेगले आइरहेको मोटरसाइकल झापामा दुर्घटना, पछाडि बसेका व्यक्तिको मृत्यु

भारतबाट वेगले आइरहेको मोटरसाइकल झापामा दुर्घटना, पछाडि बसेका व्यक्तिको मृत्यु

नेपालखबर
माघ १७, २०८२ शनिबार ७:१८, काठमाडौँ

झापाको मेचीनगर नगरपालिका-६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल राति १० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोकिएर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय, झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा  मोटरसाइकलको पछाडि सवार मेचीनगर–६ निवासी ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका कटुवाललाई तत्काल उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पुर्‍याइएको थियो।

तर उपचारका क्रममा चिकित्सकले राति १०ः५५ बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–६ निवासी ३५ वर्षीय काशीनाथ पौडेलसमेत घाइते भएका छन्।

उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।

मृतक कटुवालको शव हाल मेची आम्दा अस्पतालमै राखिएको छ।

तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ भने घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad