बागमती


ललितपुरमा प्रहरी चौकी पुगेर युवकले भने: मैले श्रीमती मारेँ

ललितपुरमा प्रहरी चौकी पुगेर युवकले भने: मैले श्रीमती मारेँ

नेपालखबर
माघ १७, २०८२ शनिबार ७:३७, काठमाडौँ

ललितपुरको गोदावरी नगरपालिका-७ देवीचौरका ३० वर्षीय विनोद तामाङले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेको भन्दै प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

जिल्ला प्रहरी ललितपुरका सूचना अधिकारी गौतम मिश्रका अनुसार शुक्रबार पत्नी २३ वर्षीया कोपिला नेपालीसँग विवाद हुँदा आफूले उनको हत्या गरेको भनी ३० वर्षीय विनोद तामाङले प्रहरी चौकी टिकाभैरवमा आई जानकारी गराएका हुन्।

'दुवै जनाले मादक पदार्थ सेवन गरेको कुरा श्रीमान स्वयंले स्वीकार गरेका छन्, निज श्रीमान आफैँ प्रहरी चौकी टीकाभैरवमा आएर जानकारी गराएका हुन्', मिश्रले भने, 'तत्पश्चात् निजलाई नियन्त्रणमा लिई प्रहरी चौकी टीकाभैरव र प्रहरी वृत्त चापागाउँको प्रहरी नायब उपरीक्षक शिला थापाको कमान्डमा घटनास्थल अनुसन्धान टोली गई लास जाँच मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धान पूरा भएको छ।'

शव परीक्षणका लागि पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र अभियुक्त तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सूचना अधिकारी मिश्रले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad