उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले आगामी प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार हुनेगरी घोषणा गर्दै पदबाट राजीनामा दिएका छन्।
उनले क्षेत्र नम्बर २ मा स्वतन्त्र रुपमा उम्मेदवारी दिने समेत घोषणा गरेका छन्। आफूले दुईपटक अध्यक्षमा निर्वाचित भएर इमान्दारितापूर्वक काम गरेपनि पार्टीले मूल्यांकन नगरेको आरोप राईले लगाएका छन्।
‘देश र जनताको अझ धेरै सेवा गर्ने उदेश्यले उदयपुर २ बाट उम्मेदवार बन्ने घोषणा गरेको छु, व्यक्तिगत आकांक्षा नभई जनताको अपेक्षा पूरा गर्न दृढ विश्वास हो भन्ने जानकारी गराउँदछु’ अध्यक्ष राईले भने, ‘दिनरात खटेर पालिकाको विकास गरेको छु, जनतालाई मनमा राखेर भाग्य भविष्य बदल्ने अठोट लिएको छु, मैले अझ माथिल्लो क्षेत्रबाट योगदान गर्न खोज्दैछु, परिवर्तन र सम्बृद्धिको सपना बोकेको युवालाई सहयोग गरिदिनु हुनेछ भन्ने अपेक्षा गरेको छु, अब नयाँ शिराबाट सहयोग गरिदिन हुन आह्वान अपिल गर्न चाहन्छु।’
फेसबुकबाट रानीनामा घोषणा गर्दैगर्दा भावुक भएर भक्कानिएका थिए। आफूले पार्टीका लागि जति काम गरेपनि पार्टी कहिल्यै आफ्नो हुन नसकेको गुनासो गरे।
Shares

प्रतिक्रिया