आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढेसँगै झापा क्षेत्र नं ५ मा राजनीतिक चहलपहल बढ्दो छ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन साह चुनावमा उठ्ने तयारी हुँदै गर्दा साहको मुख्य राजनीतिक टोली दमक आइपुगेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाका अनुसार बालेन शाहका स्वकीय सचिव सहितको तीन सदस्यीय ‘कोर टिम’ दमक आइपुगेको हो।
उक्त टोलीले दमकमा बसेर चुनावी रणनीति, संगठन परिचालन र विभिन्न समूहहरूसँग समन्वय गर्ने बुझिएको छ। बालेनको स्वकीय सचिव सहितको एक टोली बिहीबार नै दमक पुगेर एक होटलमा बसेको छ।
त्यहाँ पुगेको टोलीले क्याम्पस मोडमा रहेको एक घरबाट कार्यालय सञ्चालनका भोली घर हेर्दै छ। दमक क्याम्पस मोड र नेपाल बैंक नजिकैका घरहरूलाई प्राथमिकतामा राखेका हेरिएको मध्ये क्याम्पस मोडको घरलाई फाइनल गर्ने तयारी भइरहेको रास्वपा झापाले जनाएको छ।
रास्वपा क्षेत्र नम्बर ५ क्षेत्रीय सभापति भेषराज भट्टराईले अहिले धेरै घरहरूको फोटो र प्रस्ताव आएको तर कुनै पनि घर औपचारिक रूपमा फाइनल नभएको स्पष्ट पारे।
‘पार्किङ सुविधा, फराकिलो बाटो र चुनावी चहलपहललाई व्यवस्थापन गर्न सक्ने उपयुक्त ठाउँको अझै खोजी भइरहेको छ,’ उनले भने।
Shares

प्रतिक्रिया