कोशी


कोसीमा कांग्रेस एमालेको संयुक्त प्यानल, नेकपाले छुट्टै उम्मेदवार उठाउने

कोसीमा कांग्रेस एमालेको संयुक्त प्यानल, नेकपाले छुट्टै उम्मेदवार उठाउने

सुमन सुस्केरा
पुस २३, २०८२ बुधबार १२:२४, विराटनगर

राष्ट्रिय सभाको १८ सिट सदस्यका लागि माघ ११ गते चुनाव हुँदै छ। 

कोसी प्रदेशबाट राष्ट्रिय सभाको ३ जना सदस्यको लागि निर्वाचन हुने कोसी प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। महिला, दलित र अन्य गरी ३ जना कोसी प्रदेशबाट निर्वाचित हुनेछन्। 

त्यसका लागि नेकपा एमालेले सोम पोर्तेल, रोशनी मेचे र नेपाली कांग्रेसले सुनिल थापालाई उम्मेदवार बनाउने भएको हो।  नेकपा एमालेले पोर्तेल र मेचेको नाम सार्बजनिक गरेको हो भने कांग्रेसले थापालाई अघि सारेको हो। 

नेकपा एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले संयुक्त रुपमा उम्मेदवारी दर्ता गर्ने तयारी गरेको जानकारी दिए। आजै मनोनयन दर्ता हुने भएकोले दलहरु अहिले त्यसको गृहकार्यमा जुटेका छन्। 

कोसी प्रदेशबाट नेपाली कम्युनिस्ट पार्टीले २ जनाको नाम सार्र्वनिक गरेको छ। अन्य एकजनाको बिषयमा छलफल भइरहेको नेकपाका नेता हर्क नेम्वाङले जानकारी दिए। 

उनका अनुसार राष्ट्रिय सभा सदस्यको अन्यबाट क्लस्टरबाट तात्कालीन एकीकृत समाजवादीका हेमराज घिमिरे (संखुवासभा) र दलित क्लस्टरबाट तात्कालीन माओवादी केन्द्रका खेमराज सुन्दास (मोरङ)लाई उम्मेदवार बनाउने तय भईसकेको छ। महिलाको टुंगो लाग्न बाँकी छ। 

राष्ट्रिय सभा निर्वाचनको लागि कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी गरी प्रदेशगत मतदाताको संख्या १६१९ हो। जसमा कोसीबाट प्रदेश सांसद ९३ र स्थानीय तहमा प्रमुख उपप्रमुख २७४ जना मतदाता रहेका छन्। यस पटकको राष्ट्रिय सभाको निर्वाचनमा मतभार समेत बढेको छ। 

प्रदेश सभा सदस्यको एक सांसदको मतभार ५३ पुगेको छ भनेँ स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १९ पुगेको  निर्वाचन आयोगले जनाएको छ।  कोसी प्रदेशमा प्रदेशको कुल मतभार १०१३५ हो जसमा सांसदको ४९२९ र स्थानीय तहका प्रमुख उपप्रमुखको ५२०६ मतभार हो। 

आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभा निर्वाचनका लागि कोसीबाट ३, मधेसबाट ४, बागमतीबाट २, गण्डकीबाट २, लुम्बिनीबाट ३, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जनाको लागि निर्वाचन हुँदैछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad