कोशी


झापाको मेचीनगरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु

झापाको मेचीनगरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु

दुर्घटनाको सांकेतिक तस्बिर


नेपालखबर
पुस १८, २०८२ शुक्रबार ८:२८, विराटनगर

​झापाको मेचीनगर नगरपालिका-६ स्थित कालीखोला पुलमा बिहीबार बेलुका ट्रकले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र १-०१-०१३ प ५८८८ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको भारतीय ट्रकले पछाडिबाट ठक्कर दिएको हो।

दुर्घटनामा स्कुटर चालक मेचीनगर नगरपालिका-६ निवासी ३३ वर्षीया लक्ष्मी साह गम्भीर घाइते भएकी थिइन्। तत्काल आम्दा अस्पताल (धुलाबारी) लगिए पनि राति चिकित्सकले मृत घोषणा गरेकाे प्रहरीले जनाएको छ।

मृतकको शव हाल त्यही अस्पतालमा छ।

ठक्कर दिने ट्रक र चालक भारतीय राज्य पन्जाबको अमृतसर जिल्ला, भोलेबाबा निवासी ३६ वर्षीय सन्दीप सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रक र चालक हाल इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad