काठमाडौँको सुन्धारा केन्द्रीय कारागारबाट भदौमा फरार भएका एक कैदीको भारतमा मृत्यु भएको छ।
मिया भारतको हिमाञ्चल प्रदेशस्थित पानी प्रशोधन कम्पनीमा कार्यरत थिए। प्रहरीका अनुसार पुस १० गते कार्यस्थलमै बेहोस भएर अस्पताल लगिएको मियाको उपचारका क्रममा मृत्यु भएको थियो।
मृत्युपश्चात् उनका आफन्तले भारतको गलगलिया नाका हुँदै भद्रपुर नाका मार्फत शव नेपाल ल्याएका छन्।
झापाको बिर्तामोड नगरपालिका-३ घर भएका ४० वर्षीय आलम मिया जबरजस्ती करणीको मुद्धामा ४ वर्षदेखि कैद सजाय भोग्दै थिए।
उनी भदौ २३-२४ गतेको जेन्जी आन्दोलनको क्रममा फरार भएका थिए।
111
Shares

प्रतिक्रिया