कोशी


आपसी विवादमा छुरा प्रहार गरी भाइको हत्या

आपसी विवादमा छुरा प्रहार गरी भाइको हत्या

नेपालखबर
मंसिर १८, २०८२ बिहिबार १६:४१, विराटनगर

मोरङको जहदा गाउँपालिका वडा नम्बर ७ तरिगामास्थित मझारेमा दाजुको छुरा प्रहार गर्दा भाइको मृत्यु भएको छ।

गएराति आपसी विवादका क्रममा स्थानीय ३० वर्षीय राजुकुमार साहले छुरा प्रहार गर्दा २८ वर्षीय भाइ (काकाको छोरा) श्रवण साहको मृत्यु भएको प्रहरीले जनाएको छ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका श्रवणलाई तत्कालै विराट मेडिकल कलेज लगिएको थियो। श्रवणको उपचारकै क्रममा राति नै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

आपसी विवादका क्रममा राजुले श्रवणको छातीमा छुरा प्रहार गरेको देखिएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए।

छुरा हान्ने र मृतकको घर नजिकै रहेको छ। घटनापछि राजु फरार छन्।

घटनास्थलबाट भारतीय सीमा ५० मिटर नजिकै रहेको कारण उनी भारततर्फ गएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad