हेराल्ड कलेज काठमाडौंले बुधबार आफ्नो वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ। होटल याक एण्ड यतीमा आयोजित समारोहमा कलेजका कुल ९०३ विद्यार्थीहरू दीक्षित भएका छन्।
यसअन्तर्गत ६९७ जना बीएससी (हन्स) कम्प्युटर साइन्स (बीसीएस) स्नातक , ५२ जना बीएससी (हन्स) इन्टरनेशनल बिजनेस मेनेजमेन्ट (बीआईबीएम) तथा २०६ जना इन्टरनेशनल मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन (आईएमबीए) स्नातकोत्तर (मास्टर्स) तहका विद्यार्थीहरू रहेका छन्।
यस वर्ष पनि कलेजले इनोभेट नेपाल ग्रुप (आईएनजी) द्वारा प्रदान गरिने प्रतिष्ठित पोस्टग्राजुएट स्कलरशिप मार्फत उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने परम्परा निरन्तरता दिएको छ। यस वर्षको छात्रवृत्ति ‘हेराल्ड कलेज – बीएससी (हन्स) कम्प्युटर साइन्स’ का विद्यार्थी सक्षम शर्मालाई प्रदान गरिएको छ, जसले अब इस्लिङ्टन कलेजमा आफ्नो स्नातकोत्तर अध्ययन जारी राख्नेछन्। छात्रवृत्तिसँगै, शर्माले आईएनजीअन्तर्गतकै कुनै संस्थामा काम गर्ने अवसर पनि प्राप्त गर्नेछन्।
समारोहमा आफ्नो मुख्य सम्बोधन राख्दै इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले हेराल्ड कलेजबाट अध्ययन पूरा गरेका विद्यार्थीहरू नेपालका सरकारी निकायदेखि प्रतिष्ठित निजी क्षेत्रसम्म उत्कृष्ट स्थानमा कार्यरत रहेको उल्लेख गरे। उनले वेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट मानिनुका कारण विद्यार्थीहरू सूचना–प्रविधि क्षेत्रमा सक्षम र प्रतिस्पर्धी बन्न सफल भएको बताए।
दीक्षान्त समारोह विद्यार्थीहरूको शैक्षिक यात्राको एक महत्वपूर्ण मोडका रूपमा मनाइएको कलेजले जनाएको छ। हेराल्ड कलेज काठमाडौंले २०२५ मा उत्तीर्ण भएका सबै दिक्षित विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेको छ।
Shares

प्रतिक्रिया