सडक निर्माण कार्यलाई तीव्रता दिन मेची करिडोरअन्तर्गत केचना-कञ्चनजंघा सडकको सोक्तिम-बिहीबारे-बेलासे सडकखण्ड ६ दिनका लागि पूर्णरुपमा बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय इलामले मंगलबार सूचना जारी गर्दै मंसिर १८ देखि २३ गतेसम्म कुनै पनि सवारीसाधन आवागमन नगर्न आग्रह गरेको हो।
सडक डिभिजन कार्यालय इलामको आग्रहअनुसार निर्माण कार्य निर्वाधरूपमा सम्पन्न गर्न र दुर्घटना जोखिम रोकथामका लागि सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय इलामका प्रशासकीय अधिकृत टिकाराम निरौलाले जानकारी दिए।
यस्तो अवस्थामा सो सडक प्रयोग गर्न खोज्ने यात्रु तथा स्थानीयवासीले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्नेछ।
जारी सूचनामा भनिएको छ, ‘सडक निर्माण कार्य सुचारु गर्नुपर्ने भएकाले सो सडकखण्डमा मंसिर १८ गतेदेखि २३ गतेसम्म कुनै पनि सवारी साधन सञ्चालन गर्न नसकिने व्यहोरा सर्वसाधारणमा जानकारी गराइन्छ।
Shares

प्रतिक्रिया