नेकपा एमालेका पूर्वसचिव तथा प्रदेश समिति स्वास्थ्य विभागका सचिव रुपेश खतिवडा नेपाली कम्युनिस्ट पार्टीमा गरेका छन्।
सोमबार विराटनगरमा नेपाली कम्युनिस्ट पार्टीले आयोजना गरेको सन्देश सभामा उनी पार्टी प्रवेश गरेका नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले बताएका छन्।
उनले नेकपा–एमाले अब ‘मूल कम्युनिस्ट पार्टी’ नरहेको आरोप सहित उनले अब अर्को पार्टी रोज्ने तयारी गरेको बताएका थिए। विचारधारा र सङ्गठनात्मक दिशाका आधारमा एमाले पहिलेजस्तो ‘कम्युनिस्ट पार्टी’ रहन नसक्ने स्थितिमा आफू पुगेको उनले बताएका थिए।
नेपालखबर उनीसँग पार्टी परित्याग गर्न लागेको बारेमा जानकारी लिन सम्पर्क गर्दा खतिवडाले नेपालमा सबै खालका कम्युनिस्ट धाराहरू पुनः मूल्याङ्कन भइरहेका बेला माओवादी, एकीकृत समाजवादी लगायतका दलभन्दा फरक रूपमा ‘नेपाली कम्युनिस्ट पार्टी’ नामक नयाँ अभियान र सोच लिएर अघि बढ्ने समूह मात्र भविष्यमा मूल कम्युनिस्ट शक्तिका रूपमा उभिन सक्ने निष्कर्ष आफूले निकालेको बताएका छन्।
‘नेपालको कम्युनिस्ट विचारधारालाई जोगाउने जिम्मा यही नयाँ अभियानले लिन सक्छ जस्तो देखिन्छ, उनले भने, अहिले धेरै कुरा खुलिसकेको छैन, तर समयले नै सबै स्पष्ट पारिदिन्छ।’
उनी नेकपा एमाले मोरङको पार्टी सचिव हुँदा निर्वाचन परिचालन गर्न नसकेर राजीनामा दिइएका थिए। उनले चुनावको मुखमा राजीनामा दिएर पार्टी जिम्मेवारीबाट भागेको एमालेले आरोप लगाउँदै आएको थियो।
२०७९ असोज २० गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि भएको टिकट वितरणमा असन्तुष्टि जनाउँदै खतिवडाले राजीनामा दिएका थिए।
खतिवडाले पार्टी विधि र पद्धति विपरीत भएको निर्णयको साक्षी किनारा भएर बस्न नसक्ने पनि उल्लेख गरेका थिए। निर्वाचन पछि उनी पार्टी छाडेर पछुतो भएको भन्दै पुन नेकपा एमालेको प्रदेश अधिवेशन पछि पार्टी भित्र विनोद ढकाल समूहमा सक्रिय भएका थिए।
Shares

प्रतिक्रिया