झापाको दमकमा अत्यधिक मदिरा सेवनका कारण एक पुरुषको मृत्यु भएको छ।
दमक नगरपालिका–७ सयपत्री टोल निवासी ४७ वर्षीय बिनोद चौलागाईको अत्यधिक मदिरा सेवनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार,चौलागाईलाई मिति २०८२ साल कार्तिक २५ गते अपराह्न करिब ३ बजे दमक नगरपालिका–६ स्थित बोका हाउस अगाडि अत्यधिक मादक पदार्थ सेवन गरी लडेको अवस्थामा स्थानीयले फेला पारेका थिए। त्यसपछि उनका भाई योगेन्द्र चौलागाईले उनलाई घर लगेका थिए।
तर सोही राति बिरामीको अवस्था बिग्रँदै गएपछि आज बिहान उपचारका लागि दमक अस्पताल लगिएको प्रहरीले जनाएको छ। अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ।
123
Shares

प्रतिक्रिया