प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा (एमाले) ले देशभरका ७५३ वटै स्थानीय तहमा एकैसाथ प्रदर्शन गर्ने कार्यक्रमअन्तर्गत झापा र मोरङका सबै स्थानीय तहमा मंगलबार प्रदर्शन गरेको छ।
झापामा नेकपा एमाले १५ वटै स्थानीय शक्ति प्रदर्शन गरेको एमाले झापा जिल्ला सचिव तुलसी कार्कीले जानकारी दिए।
उनका अनुसार सबै पालिकामा विरोधसभा, र्याली र जनप्रदर्शनका कार्यक्रमहरू आयोजना गरिएको छ। कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता र सर्वसाधारण जनताको उत्साहजनक उपस्थिति रहेको कार्कीको भनाइ छ।
कार्यक्रमहरूमा सहभागीहरूले संसद् विघटनको विरोध गर्दै वर्तमान सुशिला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको दाबी गरे। उनीहरूले विघटित प्रतिनिधि सभा पुनःस्थापना गर्नुपर्ने मागसमेत राखेका छन्।
एमालेले संसद विघटनलाई संवैधानिक मूल्य–मान्यताको उल्लङ्घन भन्दै देशभर आक्रोश प्रकट गरेको छ। पार्टीले यसलाई जनतामाथिको अन्याय र लोकतान्त्रिक अभ्यासमाथिको प्रहारको रूपमा व्याख्या गरेको छ।
मोरङ १७ स्थानीय तहमा कार्यक्रम गरेको छ। विराटनगरमा मोटरसाइकल र्याली सहितको कार्यक्रम आयोजना गरेको थियो। एमाले मोरङका इन्चार्ज जीवन घिमिरेले प्रदेश राजधानीमा बृहद विरोध सहितको मोटरसाइकल र्याली निस्किएको जानकारी दिए।
Shares

प्रतिक्रिया