कोशी


पूर्वमा प्रहरीको लागुऔषध नियन्त्रण अभियान: समातिए सात जना

पूर्वमा प्रहरीको लागुऔषध नियन्त्रण अभियान: समातिए सात जना

नेपालखबर
कात्तिक २२, २०८२ शनिबार १०:८, विराटनगर

पूर्वका विभिन्न जिल्लामा सञ्चालित लागुऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

झापा, मोरङ, धनकुटा र उदयपुरबाट ब्राउन सुगर, गाँजालगायत लागुऔषधसहित ७ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

झापाको भद्रपुर नगरपालिका-५ स्थित क्षेत्रमा प्रहरीले दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भद्रपुर-७ का २६ वर्षीय विशाल माझीलाई ३ ग्राम ६०० मिलिग्राम र बिर्तामोड नगरपालिका-१० का २२ वर्षीय रोहित कटुवाललाई १ ग्राम १११ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।

त्यस्तै मोरङको बेलबारी नगरपालिका-१ का ३२ वर्षीय विज्ञान राईलाई घरमै लागुऔषध बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

त्यसैगरी जिल्ला प्रहरी कार्यालयले धनकुटा नगरपालिका-६ का तिलक भुजेल र मौसम राईलाई लागुऔषधसहित समातिएको प्रहरीले जानकारी दिएको छ। 

उदयपुरको कटारी नगरपालिका-४ का ३१ वर्षीय जितबहादुर थापा मगरलाई पनि इलाका प्रहरी कार्यालय कटारीले लागुऔषधसहित नियन्त्रणमा लिएको छ।

पक्राउ परेकाहरूका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

यसैबीच प्रहरीले सुनसरीमा २५७ किलो गाँजा बरामद गरेको छ। 

सुनसरीको बर्जु गाउँपालिका-५ स्थित भित्री सडकबाट गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। 

गएराति इलाका प्रहरी कार्यालय दुहबी र सीतागन्जबाट खटिएको टोलीले बागमती प्रदेश–०१–०२७ च ०२४० नम्बरको स्कार्पियो गाडीमा लोड गरिएको २५७ किलो ४५ ग्राम गाँजा बरामद गरेको हो। 

गाडी चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad