ग्लोबल


इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध टर्कीले जारी गर्‍यो पक्राउ पुर्जी

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध टर्कीले जारी गर्‍यो पक्राउ पुर्जी

नेपालखबर
कात्तिक २२, २०८२ शनिबार ९:५३, काठमाडौँ

गाजामा नरसंहार गरेको आरोपमा टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनको सरकारका वरिष्ठ अधिकारीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

समाचार एजेन्सी एएफपीका अनुसार, टर्की सरकारले शुक्रबार उक्त जानकारी दिएको हो।

इजरायलले यसको कडा विरोध गरेको छ।

इजरायलका विदेशमन्त्री गिदोन सारले आफ्नो देशले उक्त आरोपको कडा निन्दा गर्ने बताए।

उनले भने, ‘यो टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान नामका तानासाहको नयाँ अभ्यास हो।’

इस्तानबुल अभियोजकको कार्यालयले विज्ञप्ति जारी गरी कुल ३७ संदिग्धविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जनाएको छ। पूर्ण सूची भने जारी गरिएको छैन।

यसमा इजरायली रक्षामन्त्री इजरायल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन ग्विर र सेना प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जामिर छन्।

टर्कीले यी अधिकारीहरूलाई ‘नरसंहार र मानवताविरुद्धको अपराध’ गरेको आरोप लगाएको छ।

टर्कीले भनेको छ, ‘इजरायलले गाजामा योजनाबद्ध रूपमा नरसंहार गरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad