राजनीति


आज विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री सोनल, बहुमत पुर्‍याउन सकस

आज विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री सोनल, बहुमत पुर्‍याउन सकस

फाइल तस्बिर


नेपालखबर
कात्तिक २२, २०८२ शनिबार १०:१३, काठमाडौँ

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। 

लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनल पाँच दलका ५६ सांसदको समर्थनमा गएको असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए। असोज ३० गते शपथ लिएका उनले आज विश्वासको मत लिन लागेका हुन्। 

शपथ ग्रहण गरेकै दिन विना विभागीय दुईमन्त्री नियुक्त गरेका सोननले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। आज विश्वासको मत पाए भने उनले भोलि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका मधेस प्रदेशका एक सांसदले जानकारी दिए। 

यस बीचमा जनमत पार्टीमा भएको विभाजन र जसपाका एक सांसदविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि सोनललाई प्रदेशसभामा आज बहुमत सिद्ध गर्न सकस पर्ने देखिएको छ। 

त्यसबाट पार पाउन उनले एकएक जना सांसद भएका नागरिक उन्मुक्ति र संघीय समाजवादी पार्टीसँग पनि सत्ता साँझेदारीको तयारी गरेका छन्। 

नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका दुई सांसदलाई मन्त्री बनाउने तयारी सोनलले गरेका स्रोतको दाबी छ। 

मुख्यमन्त्री नियुक्त हुँदा उनलाई जसपा नेपालका १९, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९,  लोसपाका ८ र नेकपा एकीकृत समाजवादीको ७ सांसदले समर्थन गरेका थिए। एकसय सात सदस्यीय मधेस प्रदेशसभा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ। 

मधेसमा प्रदेश सभामा एमालेको २५, कांग्रेसको २२ र राप्रपाको १ सिट छ। सोनलले दुई ठूला दल कांग्रेस र एमालेलाई बाहिर राखेर सरकार बनाएका हुन्।

जनमत विभाजन हुँदा निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र त्रिभुवन साहले फरक दल रोजेका छन् भने अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि जसपाका सांसद सरोजकुमार सिंह निलम्बनमा परेका छन्। जसपा सांसद सिंहले आज मुख्यमन्त्री सोनललाई मत दिन पाउने छैनन्। 

जसपाबाट जनस्वराज पार्टी रोजेका पूर्वमुख्यमन्त्री सिंह र साहले सोनललाई मत दिन्छन्, दिँदैनन् खुलिसकेको छैन। 

२२ गते विश्वासको मत लिँदा जनमतसँग अलग भएर बनेको जनस्वराज पार्टी रोजेका सिंह र साहले सोनललाई मत दिने नदिने निश्चित छैन। 

यदि सिंह र साहले मत नदिएको अवस्थार्मा बहुमत सिद्ध गर्न सकस पर्ने देखेर मुख्यमन्त्री सोनलले नागरिक उन्मुक्तिकी सांसद प्रमिला देवी सिंह र संघीय समाजवादीकी सांसद विमला अन्सारीलाई पनि मन्त्री बनाउने आश्वास दिएका स्रोतको दाबी छ। 

सोही आश्वासअनुसार उनीहरुले सोनललाई विश्वासको मत दिने तयारी गरेका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad