सुनसरीमा एक व्यक्तिको गोली हानी हत्या भएको छ। रामधुनी नगरपालिका-२, नहर नजिकैको एकान्त ठाउँमा एक पुरुषको हत्या भएको हो।
मृतक रामधुनी-३ का दीनेश चौधरी रहेको प्रहरीले जनाएको छ। एकान्त ठाउँमा सिटि चलाउँदै गरेका ब्यक्तिलाई मोटरसाईकलमा आएका ३ जनाको समूहले गोली हानेको प्रहरीले जनाएको छ। घटनास्थल जंगल क्षेत्रको नजिक, बाटोदेखि केही भित्रतिर रहेको बताइएको छ।
घटनास्थलमा पुगेका प्रहरीले शरीरमा चोटपटक देखिएको र रगताम्य अवस्थामा शव फेला परेको जनाएको छ। गोली हानिएको भन्ने आशंका गरिएको प्रहरी उपरीक्षक केशवकुमार थेबेले बताए।
उनका अनुसार छातीमा चोट लागेको देखिन्छ, तर गोली लागेको हो वा धारिलो हतियारले घाइते पारिएको हो भन्ने कुरा हाल अनुसन्धानमै छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
210
Shares

प्रतिक्रिया