झापामा स्थानीयले केराको झ्याङमा गोली फेला पारेका छन्।
शुक्रबार साँझ ७ बजे तिर झापाको कमल गाउँपालिका-७, रंगपुरका ५५ वर्षीय गंगाप्रसाद पाण्डेले केराको पात काट्दै गर्दा एउटा सेतो बोरा फेला पारेका थिए। बोरा खोलेर हेर्दा गोली भएको पत्ता लागेको प्रहरीले जनाएको छ।
गोली भएको थाहा पाएपछि शनिबार बिहान उनले इलाका प्रहरी कार्यालय दमकमा गोली फेला परेको बारेमा जानकारी गराएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बोरामा रहेको ५५ राउण्ड एसएलआरको ७.६२ एमएम गोली प्रहरीलाई पाण्डेले बुझाएका हुन्। प्रहरीले गोली कसले र किन राखेको भन्ने विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ।
474
Shares

प्रतिक्रिया