मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१६ स्थित सुगरमिल नजिकको कल्भर्टको खाल्डोमा डुबेर एक महिलाको मृत्युु भएको छ।
स्थानीयले खाल्डोमा एक महिलालाई पानीमा बगेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयवासीहरूले तत्काल उद्धार गरेर बाहिर निकालेपनि महिलाको घटनास्थलमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
मृतक भारत निवासी तथा हाल विराटनगर–१६ मा डेरा गरी बस्ने ३५ वर्षीया अनिता राउत रहेको प्रहरीले जनाएको छ।
महिला बाढीमा बगेर खाल्डोमा डुबेकी हुन सक्ने अनुमान गरिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
यता, विराटनगरका विभिन्न स्थानमा केसलिया खोला गाउँ पसेको छ। वडा नम्बर ६ र १२ लगायतका ठाउँमा पानी पसेको मोरङ प्रहरीले जनाएको छ।

प्रतिक्रिया