सुनसरीको कोसी ब्यारेजमा पानीको बहाब ४ लाख ८६ हजार नाघेको छ।
सप्तकोसी नदीको बाढीले ब्यारेजको पुलमै छोएको सुरक्षा अधिकारीहरूले जनाएका छन्।
बिहान साढे १०ः३० मा पानीको बहाब ४ लाख ८६ हजार ७६० क्युसेक प्रतिघण्टा मापन गरिएको छ।
कोसी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन्।
प्रदेश प्रहरी कार्यालयका अनुसार पानीको बहाब बढेसँगै दुवै नहरको पानी बन्द गराइएको छ।
सप्तकोसी नदीको बाढीले सतर्कता तह पार गरेकाले आसपासका बासिन्दालाई होसियारी अपनाउन भनिएको छ।
ब्यारेजमा सवारीसाधन तथा मानिस आवतजावतमा राेक लगाइएको छ।
गत वर्षकाे असाेजमा पानीकाे बहाब प्रतिसेकेन्ड ५ लाख ५७ हजार क्यूसेक मापन भएको थियाे।
याे सन् १९६८ यता अहिलेसम्मकै धेरै पानीको बहाब मापन गरिएको हो।
यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्युसेक मापन गरिएको थियो।
Shares

प्रतिक्रिया