कोशी


झापामा हात्तीको आक्रमणबाट पुरुषको मृत्यु, मृतकको परिचय खुल्न बाँकी

झापामा हात्तीको आक्रमणबाट पुरुषको मृत्यु, मृतकको परिचय खुल्न बाँकी

घटनास्थलमा भेला भएका स्थानीय


नेपालखबर
असोज ९, २०८२ बिहिबार ७:४७, विराटनगर

झापामा हात्तीको आक्रमणबाट एकजनाकाे मृत्यु भएको छ। 

बिर्तामोड नगरपालिका–७ खालबाडीमा हात्तीको आक्रमणबाट एक पुरुषको ज्यान गएको हाे।

प्रहरीका अनुसार, गएराति जंगलबाट आएको जंगली हात्तीले करिब ३५/३६ वर्ष उमेरका तराई मूलका देखिने एक पुरुषलाई आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

मृतकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

हात्तीको आक्रमणबाट पुरुषको आन्द्राभुँडी बाहिर निस्किएको र घोप्टो अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय माेरङले जनाएको छ।

आज बिहान  इलाका प्रहरी कार्यालय अनारमनीबाट रुपेश राईको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टाेलीले कानुनी प्रक्रिया पूरा गरेको जनाएको छ।

मृतक पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad