कोशी


मोरङ जिल्ला विपद् व्यवस्थापन समितिको बैठकः सञ्चालनमा रहेका आयोजनालाई निरन्तरता दिने

मोरङ जिल्ला विपद् व्यवस्थापन समितिको बैठकः सञ्चालनमा रहेका आयोजनालाई निरन्तरता दिने

नेपालखबर
भदौ ३०, २०८२ सोमबार १५:३१, विराटनगर

मोरङ जिल्लामा सार्वजनिक खरिद ऐन २०६३ को दफा ६६ र सार्वजनिक खरिद नियमावलीको नियम १४५ बमोजिम विशेष परिस्थितीमा आकस्मिक खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

गत भदौ २४ गते जेनजेड समूहको शान्तिपूर्ण आन्दोलनको आडमा विभिन्न सरकारी कार्यालयहरूमा भएको आगजनी तथा तोडफोड घटनापछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर महत्वपूर्ण निर्णयहरू गरेको हो।

क्षतिग्रस्त संरचना तथा सामग्रीको सूची तयार गरी आवश्यक मात्रामा गुणस्तरीय खरिद गरेर सार्वजनिक खरिद अनुगमन कार्यालयलाई जानकारी दिने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

त्यसैगरी, विगतमा सम्झौता भई सञ्चालनमा रहेका आयोजना तथा कार्यक्रमहरूको निर्माण कार्य निरन्तरता दिने निर्णय बैठकले गरेको छ।

आन्दोलनका क्रममा क्षति पुगेका वारुण यन्त्र (फायर फाइटिङ इक्विपमेन्ट) तत्काल मर्मत गरी सञ्चालनमा ल्याउने पनि बैठकमा निष्कर्ष निकालिएको उनले बताए।

यथार्थ क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको र पूर्ण विवरण तयार भएपछि क्षति मूल्यांकन समितिमा पेस गर्ने निर्णय गरिएको छ।

साथै, सम्भावित आपूर्ति व्यवस्थामा असर पर्न सक्ने भएकाले प्रत्येक पालिकास्तरमा आपूर्ति तथा बजार प्रणालीको नियमित अनुगमन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad