ऊर्जा, भौतिक र सहरी विकास मन्त्रालयको जिम्मेवारी लिएका मन्त्री कुलमान घिसिङले ठूला, रुपान्तरणकारी आयोजनालाई तत्काल अगाडि बढाउने बताएका छन्।
मन्त्रालयमा कार्यभार सम्हालेलगत्तै उनले सो प्रतिबद्धता जनाएका हुन्।
‘ठूला आयोजना निर्माणलाई तीव्रता, रुपान्तरणकारी ठूला आयोजनालाई तत्काल अगाडि बढाइनेछ’, उनले भने।
खादा माला लगाएर तामझाम नगर्ने बताउँदै उनले ठूला काम सुरु गर्ने दाबी गरे।
त्यसैगरी उनले यसअघिजस्तै दातृनिकायसँग साथ सहयोगको आग्रह गरे। उनले भने। ‘विगतमा जस्तै साथ र सहयोग मिल्छ भन्ने आशा गरेका छौँ।’
261
Shares

प्रतिक्रिया