कोशी


‘जेनजी’ आन्दोलनका घाइतेहरूको उपचारका लागि झापाबाट ७१ पाउन्ड रगत काठमाडौँ पठाइयो

‘जेनजी’ आन्दोलनका घाइतेहरूको उपचारका लागि झापाबाट ७१ पाउन्ड रगत काठमाडौँ पठाइयो

फाइल तस्बिर


नेपालखबर
भदौ २४, २०८२ मंगलबार १४:४४, सुरुङ्गा (झापा)

‘जेनजी’ आन्दोलनका क्रममा घाइतेका लागि काठमाडौँ उपत्यकामा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउन्ड रगत त्यहाँ पठाएको छ। 

नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालका अनुसार बुद्ध एयरको आज बिहान ७ः१५ बजेको उडानमार्फत रगत पठाइएको हो। 

काठमाडौँमा सोमबार ‘जेनजी’ले गरेको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि रगत अभाव हुन नदिन झापाबाट रगत काठमाडौँ पठाइको सभापति ढकालले जानकारी दिए। 

जेनजीले सोमबार झापामा समेत आन्दोलन गरेका थिए। सो क्रममा दमकमा केही युवा घाइते भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad