कोशी


कोसी प्रदेश सभामा आगजनी, मोरङका एक दर्जन बढी कार्यालयमा आगो लगाए

कोसी प्रदेश सभामा आगजनी, मोरङका एक दर्जन बढी कार्यालयमा आगो लगाए

नेपालखबर
भदौ २४, २०८२ मंगलबार १४:१३, विराटनगर

कोसी प्रदेश सभामा प्रदर्शनकारीहरूले आगो लगाएका छन्। कोसी प्रदेश सभामा प्रवेश गरेका जेनजी युवा आक्रोशित हुँदै उनीहरूले प्रदेश सभा भित्रै आगजनी गरेको हो।  

केहीबेर टियर ग्यास र हवाइ फायर गरेको प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन नसक्दा प्रदर्शनकारीहरू प्रदेश सभाभित्र प्रवेश गरेर आगो लगाएका हुन्। त्यस्तै प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको घरमा आगो लगाएका छन्। 

आक्रोसित भएका प्रदर्शनकारीको ठूलो भिडले पौडेलको घरमा आगजनी गरेको हो। त्यस्तै प्रदर्शनकारीले विराटनगरको आन्तरिक राजस्व कार्यालय, रंगेली नगरपालिका, उर्लाबारी नगरपालिका, लेटाङ नगरपालिका, कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिकामा पनि आगो लगाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad