झापाको कचनकवल गाउँपालिका–२ रतिबारीकी एक महिलाको खाल्डोमा डुबेर मृत्यु भएको छ।
स्थानीय उखारु राजवंशीकी ४६ वर्षीया श्रीमती उजारु राजवंशी आइतबार साँझ करिब ५ बजेतिर जमेको पानीमा डुबेको अवस्थामा फेला परेकी हुन्।
उनलाई घर नजिकै झारु राजवंशीको खेतमा माटो निकाल्न खनिएको गहिरो खाल्डोमा मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेपछि कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
54
Shares

प्रतिक्रिया