कोशी


संघीय संसदका उपसभामुख हटाउने विषयमा कोसी प्रदेश सभामा आपत्ति

संघीय संसदका उपसभामुख हटाउने विषयमा कोसी प्रदेश सभामा आपत्ति

नेपालखबर
भदौ ४, २०८२ बुधबार १८:२३, विराटनगर

उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाअभियोग लगाउने प्रयास भएको विषय कोसी प्रदेशसभामा उठेको छ। 

माओवादीका सांसद दुर्गाप्रसाद चापागाईंले बुधबारको प्रदेशसभा बैठकमा रानालाई उपसभामुखबाट हटाउन सत्तारुढ कांग्रेस र एमालेले महाअभियोगको तयारी गरेको विषयमा आपत्ति जनाए। 

प्रदेशसभामा सत्तापक्षको बहुमत जुटाउन जनजाति समुदायबाट स्थापित उपसभामुख रानालाई हटाउन खोजिएको आरोप उनले लगाए।

उनले भने,  ‘आज दुईतिहाईको बलमा न्यायपालिका र व्यवस्थापिकालाई सरकार अनुकूल बनाउने र आफ्नो स्वार्थ पूर्ति गर्न संवैधानिक परिषदमा बहुमत पुर्याउनकै लागि प्रतिनिधि सभामा एउटा जनजाति समुदायबाट स्थापित महिला उपसभामुखलाई हटाउन दुई दलले चालेको कदमको म घोर निन्दा गर्न चाहान्छु र संघीय सरकारलाई यो कदमबाट पछि हट्न आग्रह गर्दछु।’ 

कांग्रेस र एमालेले कोसी प्रदेशका सभामुखलाई पनि हटाउने तयारी गरिएको भन्दै चापागाईंले आपत्ति प्रकट गरे। सत्तापक्षबाटै सभामुख बनाउन गरिएको त्यस्तो प्रयासले प्रदेशको अस्थिरतालाई थप मलजल गर्ने टिप्पणी उनको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad