झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–४, बर्नेस्थित मेचि राजमार्गमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
इलामबाट बुधबारेतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बीआर ५५-८५०० नम्बरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६ प ३६६१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए।
दुर्घटनामा परेका मोटरसाइकल चालक बुद्धशान्ति–१ का ४६ वर्षीय ठाकुर अधिकारीलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएकोमा उपचारको क्रममा साँझ मृत्युु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अधिकारीको शव सोही अस्पतालमै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
54
Shares

प्रतिक्रिया