कोशी


रास्वपाको हस्ताक्षर अभियानबाट पक्राउ परेका बाल यौन दुरुपयोगमा दोषी ठहर कोइराला अदालतमा पेस

रास्वपाको हस्ताक्षर अभियानबाट पक्राउ परेका बाल यौन दुरुपयोगमा दोषी ठहर कोइराला अदालतमा पेस

नेपालखबर
साउन २१, २०८२ बुधबार १८:२७, विराटनगर

बाल यौन दुरुपयोगको अभियोगमा दोषी ठहरिएका एक व्यक्ति विराटनगरबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका–७ का ५९ वर्षीय अर्थराज कोइराला हुन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको समर्थनमा आयोजना गरिएको हस्ताक्षर अभियानमा सहभागी हुन विराटनगरको महेन्द्र चोक पुगेका बेला कोइराला पक्राउ परेका हुन्।

मोरङ प्रहरीले उनलाई त्यहीँबाट नियन्त्रणमा लिएको पुष्टि गरेको छ। 

रास्वपाले मंगलबार महेन्द्र चोकमा लामिछानेको समर्थनमा हस्ताक्षर सङ्कलन कार्यक्रम चलाइरहेको थियो। सोही क्रममा पुगेका कोइरालालाई प्रहरीले पक्राउ गरी सुनसरी प्रहरीको जिम्मा लगाएको थियो।

पीडितले दिएको सूचनाको आधारमा प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेस गरेको छ। मुद्दा सुनसरी जिल्ला अदालतबाट फैसला भएको कारण उनलाई पक्राउ गरी सुनसरी प्रहरीले जिल्ला अदालतमा पेस गरेको जनाएको छ। 

सुनसरी जिल्ला अदालतका श्रेस्तेदार टिकेन्द्रजंग राणाले बाल यौन दुरुपयोग मुद्दामा अदालतले २ वर्ष कैद सजाय, २ लाख रुपैयाँ जरिवानाको फैसला भएको जानकारी दिए।

कोइरालाको हकमा बाहिरै बसेर पुनरावेदन गर्न पाउने खालको फैसला भएकोले अहिले इजलासमा पेस गरिएको बताए। 

उनी यसअघि पनि धरौटीमा नै छुटेका थिए। इजलासले उनको मुद्दामा आजै निर्णय दिने उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad