झापा जिल्लाको हल्दीवारी गाउँपालिका-४ ओली चोकमा भएको आगलागीमा गम्भीर घाइते भएका एक व्यक्तिको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रहरीले जनाएको छ।
साउन ६ गते बिहानको समयमा वर्ष ६० का पुण्यप्रसाद ओलीको तीनतले पक्की घरको दोस्रो तलाको भान्सा कोठामा रोटी पकाउने क्रममा ग्यास लिक भई अचानक आगलागी भएको थियो। आगलागी हुँदा ओलीसहित सोही घरमा रहेका अन्य सदस्यहरू आगो निभाउने क्रममा घाइते भएका थिए।
घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि उनलाई काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएकोमा आज पुण्यप्रसाद ओलीको मृत्यु भएको हो।
उक्त आगलागी घटनामा घाइते भएका ५९ वर्षीया गोमादेवी ओली र ३३ वर्षीय सन्तोष ओली भने उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
Shares

प्रतिक्रिया