ग्लोबल


एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर निर्वाचित

एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर निर्वाचित

नेपालखबर
साउन १०, २०८२ शनिबार २१:३६, एडिलेड (अस्ट्रेलिया)

गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार उनले ६ हजार ८३९ मत प्राप्त गरेर जित हात प्राप्त गरेका हुन्।

शनिबार भएको चुनावमा कुँवरका प्रतिद्वन्द्वीहरू भैरव ढकालले ३ हजार ७ सय २७ र सञ्जीव गोर्खाली ढकालले २ हजार १ सय २६ मत प्राप्त गरेका हुन्।

यस्तै उपाध्यक्षमा बबिन मिश्र विजयी भएका छन्। उनले ७ हजार २ सय ६१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी रमेश पौडेलले ४ हजार ६ सय १९ मत ल्याए।


महासचिवमा ७ हजार ३० मतसहित चुडामणि सापकोटा निर्वाचित भए। उनका प्रतिस्पर्धी भरतमणि देवकोटा र अर्जुन गौतमले क्रमश ३ हजार २ सय ५६ र १ हजार ८ सय १४ मत प्राप्त गरे।


सचिवको जिम्मेवारी कल्याण खड्काले सम्हाल्ने छन्। उनले ७ हजार १ सय ८० मत प्राप्त गरे। उनका प्रतिस्पर्धी गणेशराज गौतमले ४ हजार ५ सय २८ मत प्राप्त गरे। 

कोषाध्यषमा निजन चौलागाईं ७ हजार ८७ मतसहित विजयी भए। निकटतम प्रतिस्पर्धी लुना सिवाकोटीले ४ हजार ४ सय ५६ प्राप्त गरिन्। 

त्यस्तै दक्षिण अस्ट्रेलिया संयोजकमा थीर गुरूङ, तास्मानीया संयोजकमा सुजन वाग्ले र क्वीन्सल्यान्ड संयोजकमा अतुल खड्का निर्वाचित भएका छन्। 

न्यूसाउथवेल्समा उषाकिरण बारिया पोखरेल, वेष्टर्न अस्ट्रेलियामा हरिवंश सञ्जेल, नर्दन टेरेटोरीमा त्रिलोचन सापकोटा र अस्ट्रेलिया क्यापिटल टेरेटोरीमा ललित मल्ल संयोजक पदमा चुनिएका छन्। भिक्टोरियामा महादेव धानुकले संयोजकको जिम्मेवारी सम्हाल्ने छन्। 

एनआरएन अस्ट्रेलिया नारी निकुञ्ज संयोजकमा रिन्जु अधिकारी विजयी भएकी छिन् भने एनआरएन अस्ट्रेलिया युवा संयोजकमा पुकार घिमिरे निर्विरोध भए। नारी निकुञ्ज अस्ट्रेलियाको उपसंयोजक पदमा प्रतिभा शाह निर्विरोध निर्वाचित भएकी छिन्।

निर्वाचित सबैको कार्यकाल सन् २०२५-२०२७ सम्म रहनेछ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad