कोशी


दुहबीको कवाडी गोदाममा आगलागी

दुहबीको कवाडी गोदाममा आगलागी

नेपालखबर
साउन ८, २०८२ बिहिबार १६:२४, विराटनगर

सुनसरीको दुहबी नगरपालिका-३ स्थित कोसी लोकमार्ग छेउमा रहेको एक कवाडी गोदाममा आगलागी भएको छ। 

साँढे २ बजेदेखि भएको आगलागीबाट गोदाममा रहेका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

आगो लागेपछि दुहबी, ईनरूवा, रामधुनी, कोशी, इटहरी लगायतका ५ वटा दमकलले नियन्त्रणमा लिने काम गरिरहेका जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले जानकारी दिए। 

दमकलहरूले आगो नियन्त्रणमा लिने काम भईरहेको छ। दमकल, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा आगो फैलिन नपाउँदै नियन्त्रणको प्रयास भईरहेको प्रहरीले जनाएको छ।

कवाडी गोदाममा रहेको फलाम, प्लास्टिक र अन्य ज्वलनशील वस्तुले आगो तीव्र गतिमा फैलिएको थियो। आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad