कोशी


सहकारीको ऋण उठाउन जाँदा जुत्ताको माला लगाउनेविरुद्ध पक्राउ पूर्जी जारी

सहकारीको ऋण उठाउन जाँदा जुत्ताको माला लगाउनेविरुद्ध पक्राउ पूर्जी जारी

नेपालखबर
असार ३२, २०८२ बुधबार २१:२३, विराटनगर

सहकारीबाट लिएको ऋणको तिर्ने भनेर कर्मचारीलाई घरमा बोलाई दुर्व्यवहार गर्ने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ऋणको भाखा नाघेपछि घरमा बोलाएर सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा कार्यरत  दुई कर्मचारीलाई जुत्ताको माला लगाउने विरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

संस्थाको मोरङको मधुमल्ला सेवा केन्द्रका प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछानेमाथि गालीगलौज, हातपात र जुत्ताको माला लगाउने मिक्लाजुङ गाउँपालिका–२ निवासी ४२ वर्षीय दुर्गामाया लिम्बु र ३३ वर्षीय माया मगरविरुद्ध पक्राउ पुर्जी जारी भएको मोरङ प्रहरीले जनाएको छ।

मगरले जुत्ताको माला लगाएकी थिइन् भने दुर्गामायाले भने भिडियो खिचेकी थिइन्। उक्त भिडियो सामाजिक सञ्जालमा राखिएको भए पनि पछि हटाइएको छ। अभद्र व्यवहारमा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ।

सुशीला लामिछानेमाथि जुताको मला लगाएको भिडियोमा प्रस्ट देखिएको छ भने राईले भने प्रतिकार गर्न खोजेका छन्। लामिछाने भने कुर्सिमा बसेकी थिइन्। राईलाई भने लछार छार गरेको भिडियोमा देखिएको छ।

‘ऋण खाएर नतिरेपछि ताकेता गर्दा उनीहरूले घरैमा छलफलका लागि बोलाएका थिए। घरमा पुगेका कर्मचारीलाई उनीहरूले जुत्ताका माला लगाइदिएको भनेर जाहेरी परेको छ,’ मोरङ प्रहरी प्रवक्ता, डिएसपी चुँडालले भनिन्।’

उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भए पनि अहिलेसम्म पक्राउ भने भएका छैन। मोबाइल अफ गरेर उनीहरू फरार रहेको र खोजी कार्य जारी रहेको डिएसपी चुँडालले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad