इजरायलले बुधबार सिरियामा आक्रमण गरेको छ।
इजरायली सेनाका अनुसार सिरियाको राजधानी दमास्कसमा रहेको सिरियाली सेनाको मुख्यालयमा हवाई हमला गरिएको हो।
यस क्रममा एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
जसमा इजरायलले सिरियाली सेनाको मुख्यालयलाई आक्रमण गर्दा प्रत्यक्ष प्रसारण गरिरहेकी टीभी प्रस्तोता डराएर भागेको देखिन्छ।
विस्फोटका कारण क्यामेरा हल्लिन्छ र त्यसपछि उनी आफ्नो सिटबाट हाम फाल्छिन् र सुरक्षित स्थानमा जान्छिन्।
— ישראל כ”ץ Israel Katz (@Israel_katz) July 16, 2025החלו המכות הכואבות pic.twitter.com/1kJFFXoiua
सिरियाली स्वास्थ्य मन्त्रालयले इजरायलको हमलामा १ जनाको मृत्यु र १८ व्यक्ति घाइते भएको बताएको छ।
इजरायलका रक्षामन्त्री इजरायल कान्ट्जले भने, ‘चेतावनीको समय सकिएको छ, अब बलियो र पीडादायी आक्रमण गरिनेछ।’
इजरायलले दक्षिण-पश्चिम सिरियामा ड्रुज समुदायका मानिसहरूलाई जोगाउन प्रयास गरिरहेको बताएको छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने, ‘हामी हाम्रा ड्रुज दाजुभाइलाई बचाउन र सिरियाली शासनको गिरोहलाई अन्त्य गर्न काम गरिरहेका छौँ।’
उनले ड्रुज समुदायका इजरायली सदस्यलाई सीमा पार गरेर सिरिया नजान पनि अपिल गरेका छन्।
दक्षिणी सिरियाको स्वेइदा प्रान्तमा सिया ड्रुज र सुन्नी बेदुइन समुदायबीच ४ दिनदेखि हिंसात्मक लडाइँ जारी छ। यसमा २५० जनाको मृत्यु भएको छ।
इजरायलका रक्षामन्त्री काट्जले सिरियाली सेनालाई देशको दक्षिणी भागबाट फिर्ता हुनुपर्ने चेतावनी दिएका थिए। यो नभएसम्म इजरायली सेनाले आक्रमण जारी राख्ने बताएका थिए।
स्वेइदामा चार दिनको लडाइँपछि मंगलबार युद्धविराम घोषणा गरिएको थियो, तर बुधबार फेरि हिंसा भड्कियो।
सिरियाली सरकारले आक्रमणको निन्दा गर्दै 'आपराधिक र अवैध व्यवहार' भनेको छ।
⚡ BIG: Israel destroys the Chief of Staff headquarters of Syrian military in Damascus pic.twitter.com/sQtc9ubvuo
— OSINT Updates (@OsintUpdates) July 16, 2025
Shares

प्रतिक्रिया