कोशी


कोसी प्रदेशमा ७७ प्रतिशत बजेट खर्च, पुँजीगतले उछिन्यो चालू खर्च

कोसी प्रदेशमा ७७ प्रतिशत बजेट खर्च, पुँजीगतले उछिन्यो चालू खर्च

नेपालखबर
असार २६, २०८२ बिहिबार २१:४९, विराटनगर

कोसी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा कुल बजेटको ७७ प्रतिशतभन्दा बढी रकम खर्च गर्न सफल भएको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको विनियोजित बजेटमध्ये २७ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च भएको छ। जसको खर्च ७७.२६ प्रतिशत हुन आउने  आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

यो वर्ष पुँजीगत खर्च चालू खर्चभन्दा अगाडि देखिएको छ, जुन बजेट कार्यान्वयनका हिसाबले सकारात्मक मानिएको छ। पुँजीगततर्फ १३ अर्ब ८२ करोड रुपैयाँ (७९.२६ प्रतिशत) खर्च हुँदा, चालूतर्फ १२ अर्ब ४२ करोड रुपैयाँ (७५.२९प्रतिशत) खर्च भएको छ।

बजेट धेरै रहेको मन्त्रालयगत हिसाबमा पनि सबैभन्दा धेरै खर्च भौतिक पूर्वाधार विकास मन्त्रालयले गरेको छ। ११ अर्ब १८ करोड बजेट विनियोजन भएकोमा ८ अर्ब ५० करोड रुपैयाँ (७६.०३ प्रतिशत) खर्च गरिएको छ।

खर्च प्रतिशतको आधारमा खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय अग्रस्थानमा रहेको छ। उक्त मन्त्रालयले ४ अर्ब ४२ करोड ५३ लाख बजेटमध्ये ४ अर्ब ४ करोड रुपैयाँ खर्च गर्दै ९१.५१ प्रतिशत बजेट उपयोग गरेको हो ।

कम खर्च गर्ने मुख्यमन्त्री कार्यालयमा
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ६०.०९ प्रतिशत बजेट मात्र खर्च गरेको छ भने आर्थिक मामिला तथा योजना मन्त्रालयले ५३.१३ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ।

प्रदेशसभाले ८१.११ प्रतिशत बजेट खर्च गरेको छ । स्वास्थ्य मन्त्रालयले ३ अर्ब ४३ करोड २३ लाख बजेटमध्ये २ अर्ब ४० करोड ९० लाख रुपैयाँ खर्च गरेको छ, जुन ७० प्रतिशत हो। 

स्थानीय तहलाई हस्तान्तरण गरिएको ४ अर्ब ८५ करोड ६५ लाख बजेटमध्ये ४ अर्ब ६७ करोड ९४ लाख रुपैयाँ अर्थात् ९६.३५ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad