कोशी


कोसीको बजेट ३५ अर्ब ८७ करोड, प्रदेशसभाबाट पारित

कोसीको बजेट ३५ अर्ब ८७ करोड, प्रदेशसभाबाट पारित

नेपालखबर
असार १३, २०८२ शुक्रबार १५:२९, विराटनगर

कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि प्रस्ताव गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट शुक्रबार बसेको प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको छ। प्रदेश सरकारले गत असार १ गते बजेट प्रस्तुत गरेको थियो।

प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रस्तावलाई बहुमतले पारित गरेको हो। कुल बजेटमध्ये १८ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ चालु खर्च ९५२ प्रतिशत० र १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ पुँजीगत खर्च ९४७।७ प्रतिशत० विनियोजन गरिएको छ।

बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापनमा प्रदेश सरकारले आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड, र सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड रुपैयाँ जुटाउने योजना बनाएको छ। यस्तै, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड, समपूरक अनुदानबाट ३९ करोड र विशेष अनुदानबाट ५५ करोड रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखिएको छ। बाँकी अपुग ३ अर्ब १३ करोड रुपैयाँ नगद मौज्दातबाट व्यवस्थापन गरिने भनिएको छ। 

‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’को दीर्घकालीन दृष्टिकोणलाई आत्मसात् गर्दै बजेटले कृषि, पर्यटन, पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारीलाई मुख्य प्राथमिकता दिएको छ। आगामी वर्षमा ५।३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको प्रदेश सरकारले अब साउन १ गतेदेखि बजेट कार्यान्वयनमा जाने  गरी बजेट पारित भएको हो । 

बजेट छलफलको क्रममा सांसदहरूले बजेट यथार्थपरक नभएको, पुँजीगत भन्दा चालु खर्च बढी राखिएको बताएका थिए। बजेट मन्त्रीको निर्वाचन क्षेत्र केन्द्रित भएको, बजेट वितरणमा असमानता भएको, सांसदहरूको लागि तोकिएको सिलिङमा समेत बजेट नहालिएको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad